६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

टु ह्विलर उत्पादक हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन



काठमाडौं । भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना उत्पादनलाई प्रविधीमैत्री बनाउँदै लगेको छ । सोही क्रममा कम्पनीले प्यासन मोटरसाइकलमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र व्लुटुथ कनेक्टिभिटी फिचर थप गरेर एक्सटेक भर्सन लन्च गरको छ ।

ड्रम र डिस्क गरी कुल २ भेरियन्टमा लन्च गरिएको यो बाइकको मूल्य ड्रमलाई ७४ हजार ५ सय र डिस्कलाई ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो यसअघिको मोडलको तुलनामा क्रमश ५ हजार २ सय र ७ हजार ५ सय भारुले बढी हो ।

पूर्णत डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जडान गरिएको यो बाइकको डिस्प्लेबाटै एसएमएस तथा कल अलर्ट, रियल टाइम माइलेज इन्डिकेन्टर, लो फ्यूल वार्निङ, सर्भिस रिमाइन्डर र आफूसंग भएको फोनको व्याट्री लेवलका वारेमा जनकारी लिन सकिन्छ ।

यो नयाँ भर्सनमा साइड स्ट्यान्ड इन्डिकेटर र साइड स्ट्यान्ड कटअफ फिचर्स समेत थप गरिएको छ । यो फिचरका कारण वाइकको स्ट्यान्ड लगाउने वित्तिकै इन्जिन स्वत आफै वन्द हुन्छ । । व्रेकिङ सिस्टमलाई थप प्रभावकारी बनाउन यसमा कम्वाइन्ड व्रेकिङ सिस्टम पनि थप गरिएको छ ।

  :