७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साउन ५ गते नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’




काठमाडौं–नेपालकै ठुलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण साउन ५ गते शनिबार आयोजना हुने भएको छ । जात्रामा करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा दुई लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् ।
हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामका लागि रकम पनि संकलन गर्नेछन् । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुसिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट शुरु भइ काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने जात्रामा यो वर्ष ललितपुर महानगरपालिका पनि सह–आयोजकको रुपमा सहभागी भएको छ ।

यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने कामपनि भैरहेको छ । यो अभियानमा स्थानीय महिला समुहहरु र यूएसएड स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरि साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, यूएसएड स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।

  :