७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालका प्रमुख शहरमा



काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभीका दुई नयाँ भेरिएन्ट एस ईभी क्लब र एस ईभी फ्ल्याट बेड सार्वजनिक गरेको छ । टाटा एस ईभी कन्टेनर भेरिएन्टको उल्लेखनीय सफलता, बढ्दो माग, बजारको प्रवृति र थप ग्राहकका विविध आवश्यकताहरू पूरा गर्न यी नयाँ मोडलहरू तयार पारिएको कम्पनीको भनाइ छ ।

सो अवसरमा टाटा मोटर्स, कमर्सियल भेइकलका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्राले सन् २०२३ मा लन्च भए देखि नै एस ईभीले भरपर्दो र प्रभावकारी समाधान प्रदान गरेको बताउँदै यसले व्यवसायीहरुलाई देशव्यापी रुपमा सशक्त बनाएको बताए । उनले नेपालमा शून्य उत्सर्जन सामान ढुवानीलाई सशक्त पार्ने कम्पनीको यात्रामा यो विस्तारले अर्थपूर्ण प्रगतिको संकेत गर्नुका साथै सिप्रदी ट्रेडिङ्गको बलियो बिक्री र सेवा विशेषज्ञताले टाटा मोटर्सलाई नेपालको व्यावसायिक सवारी उद्योगमा नयाँ बेन्चमार्क कायम राख्न मद्दत गर्ने बताए ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउने बताए ।

सेप्टेम्बर २०२३ मा लन्च गरिएको एस ईभीको अपार सफलताका साथ लोकप्रिय बन्दै बिक्री भइरहेको छ । पहिलो ६ महिना काठमाडौंमा मात्रै व्यापक परीक्षण गरिएको एस ईभीका विभिन्न मोडलहरू अहिले पोखरा, इटहरी, नारायणघाट र बुटवलमा उपलब्ध छन्। हाल, एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार, एस ईभी क्लबको मूल्य २२ लाख ७९ हजार र एस ईभी फ्ल्याट बेडको मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यी नयाँ सवारी साधनले लास्ट माइल डेलिभरीको मुख्य आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको अपेक्षा छ । सेवाका लागि चौबिसै घण्टा एस ईभीका विशेषज्ञ सहितको टोली सधै प्रतिबद्ध रहने पनि कम्पनीको भनाइ छ ।

  :