७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पर्यटन व्यवसायी बकेद्वारा डा. पन्त र दाहाल सम्मानित




भक्तपुर–पर्यटन व्यवसायी, समाजसेवी तथा देशकै प्रख्यात भक्तपुरको रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले सञ्चार क्षेत्रका व्यक्तिहरुलाई एक विशेष समारोहका बीच सम्मान गर्नुभएको छ ।

पर्यटन व्यवसायी बकेले भिलेज हाइल्याण्ड रिसोर्टमा आयोजित एक विशेष समारोहका बीच टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष डा. जनकराज पन्त र मार्केटिङ हेड सचिन दाहाललाई भादगाउँले टोपी लगाई दिएर सम्मान गर्नुभएको हो ।

बके टिभी टुडे टेलिभिजनका पर्यटन सल्लाहकार समेत हुनुहुन्छ । उहाँले सञ्चालन गरेको भिलेज हाइल्याण्ड रिसोर्टले केही बर्ष अगाडिदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै लोकप्रियताको शिखरमा पुगिरहेको छ । अन्तर्राष्ट्रियस्तरको भिलेज हाइल्याण्ड रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ ।

सुर्यविनायक नगरपालिकाको सबैभन्दा उच्च स्थान दुई हजार मिटर उचाईमा रहेको यस रिसोर्टको स्वच्छ र मनोरम वातावरण, रिसोर्ट परिसरबाट देखिने हिमश्रृंखलाका दृश्यहरुका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ ।

  :