६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

यी हुन विश्वको सवैभन्दा छिटो चार्ज हुने इलेक्ट्रिक कार



इलेक्ट्रिक कारको माग बढेसंगै यस्ता कार उत्पादन गर्ने कम्पनीले व्याट्री र चार्जिङका क्षेत्रमा विभिन्न खोज एवं अनुसन्धान गरिरहेका छन् ।विश्वको सबैभन्दा छिटो चार्ज हुने इलेक्ट्रिक कारका रुपमा पोर्स टाइक्यान प्लस परिचित रहेको छ ।

जर्मन आइकनिक स्पोर्ट्स कार व्रान्डको यो कारलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५३ किलोमिटर कुदाउन सकिन्छ भने डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा १ हजार ४६ किलोमिटर कुदाउन सकिने दाबी गरिएको छ । यस्ता कारमा जडान हुने व्याट्री कति छिटो चार्ज हुन्छ भन्ने विषय अहिले इभी पारखीका लागी चासोको विषय वनिरहेको छ ।

पोर्स टाइक्यानपछि दोस्रो छिटो चार्ज हुने कारमा किया मोटर्सले हालसालै लन्च गरेको ईभी सिक्स लङ रेन्ज टु ह्विल ड्राइभ सामेल छ । यो कारलाई एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५१ किलोमिटर कुदाउन सकिन्छ भने डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा १ हजार ४६ किलोमिटर कुदाउन सकिने दावी छ । इभी६ को जिटी लाइन भर्सनलााई आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नेपाल भित्रिने तयारी गरिरहेको छ ।

यसैगरी तेस्रो सवैभन्दा छिटो चार्ज हुने कारमा मर्सिडिज ईक्यूएस ५८० फोरम्याटिक रहेको छ । योे कारलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५३ किलोमिटर रेन्ज दिन्छ भने डिसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ७ सय ८८ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

हुन्डाइको आयोनिक फाइभ लङ रेन्ज टु ह्विल ड्राइभ यो सुचीमा सामेल अर्को निकै नै आकर्षक इलेक्ट्रिक कार हो । यो कारलाई एसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ५९ किलोमिटर रेन्ज दिन्छ भने डीसी चार्जरबाट १ घण्टा चार्ज गर्दा ९ सय ३३ किलोमिटर रेन्ज दिने दावी छ । आयोनिक ५ नेपाली बजारमा समेत विक्रीतिवरण हुँदै आएपनि यो लङ रेन्ज मोडल भने यहाँको बजारमा उपलब्ध छैन ।

टेस्लाको डुअल मोटर जडान गरिएको मोडल वाई लङ रेन्जलाई एसी चार्जर मार्फत १ घण्टा चार्ज गर्दा ५४ किलोमिटर रेन्ज दिन्छ भने डीसी चार्जबाट १ घण्टा चार्ज गर्दा ५ सय ९५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यो व्रान्डको केही मोडलका कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका छन् ।

  :