७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिमेन्ट उद्योगमा व्यवसायीहरुले गरेको लगानी खेर जान दिइन्न : मन्त्री भण्डारी




काठमाडौं– उद्योगमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगमा व्यवसायीहरुले गरेको लगानी खेर जान नदिने बताउनुभएको छ । नेपाल सिमेन्ट उत्पादक संघले २० औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार जिम्मेवारी हस्तान्तरण कार्यक्रममा मन्त्री भण्डारीले सिमेन्ट उद्योगीहरुको लगानीलाई सरकारले कुनै पनि हालतमा खेर जान नदिने बताउनुभयो ।

मन्त्री भण्डारीले डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद सरकारले समाधान गर्ने आश्वासन पनि दिनुभयो । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अब व्यवसायिक वातावरणमा सुधार हुँदै जाने बताउनुभयो ।

नेपाल सिमेन्ट उद्योग उत्पादक संघका नवनिर्वाचित अध्यक्ष रघुनन्दन मारुले सिमेन्टको खपत खटेका कारण आर्थिक रुपमा उद्योगहरु चलाउनै नसकिने स्थिति आएको बताउनुभयो । उहाँले २ बर्षयता निर्माण क्षेत्र ऋणात्मक रहेको समेत बताउनुभयो । अध्यक्ष मारुले उद्योगहरुको पुनर्तालिकीकरण गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । अ

  :