६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

९ प्रतिशत व्याजदरमा हिरो मोटरसाइकल तथा स्कुटर



हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ स्किम ल्याएको छ । ‘सजिलै हिरो’ ट्यागलाइन सहित आएको यो अफर अन्तर्गत ग्राहकले फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत व्याजदर तिरे पुग्नेछ ।

यसरी अन्तिममा ४ प्रतिशत व्याज फिर्ता पाउँदा ग्राहकले जम्मा ९ प्रतिशत व्याजरमा फाइनान्स सुविधा पाउने देखिएको हो । यसका लागी कम्पनीले आफ्नै वित्तिय संस्थाबाट फाइनान्सको सहजिकरण गरिदिनेछ । सवारीसाधन खरिदमा वैंक तथा वित्तिय संस्थाहरुले अटो लोन दिन कडाई गरिरहेको समयमा आएको यो स्किमले हिरो व्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लाभ पुग्ने देखिन्छ ।

यो नयाँ अफरमा ग्राहकले ४० प्रतिशत डाउनपमेन्ट भुक्तानी गरेर नयाँ वाइक खरिद गर्दा वाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रुपमा उपभोग गर्न पाउनेछन् । उक्त रकमलाई शुरुमा १३ प्रतिशत व्याजदरका दरले मासिक किस्ता तिर्दै जाँदा समयमै भुक्तानी गर्ने ग्राहकले पछि व्याजवापत भुक्तानी गरेको कुल रकमको ४ प्रतिशत रकम फिर्ता पाउने भएका हुन् ।

  :