६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नयाँ हिरो (याली एडिसन बाइकका ५ विशेषताहरु



काठमाडौं । हिरो मोटोकर्पले चौथो जेनेरेशन नयाँ हिरो एक्सपल्स २०० भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले सो बाइक २ लाख भारु एक्स शोरुम मूल्यमा लन्च गरेको हो । सो बाइकको यो नयाँ भर्सन अधिकांश अफरोड आधारित र्‍याली किटमा उपलब्ध छ ।

  1. अपेडट स्पेसिफिकेशन
    नयाँ हिरो एक्सपल्स २०० बाइकको फ्रन्टमा अग्लो र ठूलो ३७ एमएमको एडजस्टेबल फोक्स सस्पेन्सन र पछाडि मोनो–शक युनिट समावेश गरिएको छ । साथै कम्पनीले सो बाइकको ग्राउण्ड क्लियरेन्समा पनि सुधार गरेको छ । यसको ग्राउण्ड क्लियरेन्स २७० एमएम र सिटको उचाई ८ सय ८५ एमएम छ । ह्यान्डलबार ४० एमएमभन्दा लामो छ ।
  2. इन्जिन र गियरबक्स
    कम्पनीले सो नयाँ भर्सनको इन्जिनमा कुनै परिवर्तन गरेको छैन । नयाँ हिरो एक्सपल्स २०० मा १९९ सीसीको सिंगल सिलिन्डर पेट्रोल इन्जिन जडान गरिएको छ, जसले १९ बीएचपीको पावर र १७।३५ एनएमको टर्क जेनेरेट गर्छ ।
  3. बुकिङ
    कम्पनीले नयाँ हिरो एक्सपल्स २०० को बुकिङ जुलाई २२ देखि २९ जुलाईसम्म मात्र खुला गर्नेछ ।
  4. मूल्य
    नयाँ हिरो एक्सपल्स २०० भारतमा १ लाख ५२ हजार १०० भारुमा लन्च गरिएको छ । यसको मुल्य बाइकको स्ट्यान्डर्ड भर्सनको तुलनामा १६ हजार १२२ भारु मँहगो बनाएको छ । नेपाली बजारमा तत्काल यो बाइक आउने सम्भावना भने छैन ।
  5. लुक्स र डिजाइन
    नयाँ हिरो एक्सपल्स २०० फोरभीमा केही परिवर्तन गरिएको छ । यसमा नयाँ विशेष ¥याली कोड पेन्ट स्किम समावेश छ, जसलाई सिलिन्डर हेडमा रातो फिनिसिङ दिइएको छ । सो बाइकलाई हिरोको फ्याक्ट्री डकार रेसर सीएस सन्तोषको अटोग्राफले फरक पहिचान दिएको छ । यद्यपि यो भर्सनमा अफ–रोड फोकस गरिएको ब्ल्याक प्याटर्न म्यक्सिस टायर उपलब्ध छैन । यसमा सिएट टायर समावेश गरिएको छ ।

  :