७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

क्युआर कारोवारको आधारमा कर्जा दिने भो कुमारी बैंकले




काठमाडौं– कुमारी बैंकले क्युआर कारोवारका आधारमा कर्जा उपलब्ध गराउने भएको छ । साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने उद्देश्यसहित बैंकले यो सुविधा उपलब्ध गराउने जनाएको छ । बैंकले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘देशैभरि वर्षैभरि’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस योजना अन्तर्गत उद्यमीहरूले नजिक रहेका कुमारी बैंकका शाखामा खाता खोल्नु पर्नेछ भने क्यूआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबार लगातार ४ हप्ता मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार गरेको हुनुपर्ने छ । यस्तो कारोबार गर्ने उद्यमीहरूले दुई लाखसम्मको कर्जा विनाधितो कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् ।

यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

  :