७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ग्लोबल आईएमई बैंकको विशेष योजना सार्वजनिक, खाता खोल्दा एकैसाथ ५ सुविधा




काठमाडौं– ग्लोबल आईएमई बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरुसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ ।

ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार ९खरिद तथा विक्रि० का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ ।

यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

  :