७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नक्सालको टेस्ला गाडीको शोरुममा आगलागी




काठमाडौं– नक्सालस्थित टेस्लाको शोरुममा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण कार्यालय र स्पेयर पार्टस्हरु जलेका छन् । आगलागीबाट भएको क्षति यकीन भईसकेको छैन ।

आगो निभाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । नेपालमा अरित इन्टरनेशनलले विद्युतीय गाडी टेस्ला बिक्री गर्दै आएको छ ।

  :