फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

कुमारी बैंकको क्यास ब्याक अफर




काठमाडौं– कुमारी बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

नेपाली नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गर्दै क्यास ब्याक योजना ल्याइएको बैंकले जनाएको छ ।

यस अफरमा भाग लिन विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका खाताबाट डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्नुपर्ने छ । यस योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ ।

  :