७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेपालमा रोयल इन्फिल्ड हिमालयन ४५० को परीक्षण सफलतापूर्वक सम्पन्‍न



काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

यो टेष्ट ड्राइभिङ परीक्षण भाद्र २१ देखि २३ (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफराइड अनुभव दिएको छ । अफरोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ ।
अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसि शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य रु. ९,८९,५०० रहेको छ भने टप भेरियन्टको मुल्य रु. १०,३९,५०० रहेको छ ।

हिमालयन ४५० मा ४ भेरियन्टहरू छन् जसमा काजा ब्राउनको मुल्य रु.९,८९,५००, स्लेट पपी ब्लूरस्लेट हिमालयन साल्टको मुल्य रु. ९,९९,५००, क्यामेट व्हाइटको मुल्य रु. १०,१८,५००, र हान्ले ब्लाकको मुल्य रु. १०,३९,५०० रहेको छ ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मज्बुद्ताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ, जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सर्वोत्कृस्ठ रहने छ।

रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ। यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड विजेता प्राप्त गरेको छ । हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई – पहाड – हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ। यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ।

हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन् । रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० NM @५५०० RPM रहेको छ ।

हिमालयन ४५० सिसि मा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ। सामुन्ने पांग्राको साइज ९०/९०-२१ छ भने पछाडि पांग्राको साइज १४०/८० R १७ छ। यस बाइकमा २३० मिमि को उच्च ग्राउन्ड क्लियरेन्स छ ।

डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै, यसमा ४ इन्चको गोलो TFT डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गूगल म्याप्सद्वारा सञ्चालित फुल मेप नेभिगेसन, र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्, जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ ।

मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ, जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राहरूका लागि उत्कृष्ट बनाउँछ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन्, जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ ।

एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि हामीसँग सामेल हुन सबैमा आग्रह छ। हिमालयन ४५० अल्फा अटोमोटिभ प्रा. लिका नेपालभर रहेका २४ ओटै शोरुममा उपलब्ध छ ।

  :