७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आफ्ना ग्राहकहरुसँग खुशी साट्न सिटी एक्सप्रेसद्वारा उपहार योजना घोषणा



काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउँदै गरेको पर्वहरुलाई लक्षित गरि उपहार योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि १८ औं बर्ष प्रवेशको अवसरमा सिटी एक्सप्रेसले आफ्ना ग्राहकहरुसँग पर्वको खुशी साट्न ‘१८ औं बर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना सार्वजनिक गरेको हो । यो योजना असोज १ देखि मंसिर ३० गतेसम्म लागू हुने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।


उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको सिटी एक्सप्रेसले जनाएको छ ।

उपहार योजनाको अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

  :