माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

बागडोलमा सञ्चालनमा आयो सीजी मोटर्सको अत्याधुनिक ईभी सर्भिस सेन्टर




काठमाडों– सीजी मोटर्सले बिक्री गर्दै आईरहेको इभीका विभिन्न ब्राण्डहस्का लागि आइतबारदेखि ललितपुरको बागडोलमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

यो काठमाडौं उपत्यकामा सीजी मोटर्सले स्थापना गरेको दोस्रो सर्भिस सेन्टर हो । कम्पनीले आफैं वा डिलरमार्फत काठमाडौं उपत्यकाका चार स्थानमा सर्भिस सेन्टर स्थापना गरेको जनाएको छ ।

उक्त अत्याधुनिक सर्भिस सेन्टरको सीजी गु्रपका अध्यक्ष एवं सांसद विनोद चौधरीले उदघाटन गर्नुभएको छ । सीजी मोटर्सले ईभीका विभिन्न ब्राण्डहरु आयोन, एक्सपेङ, नेटा, रिडारा, स्मार्ट, डायुन लगायत बिक्री गर्दै आईरहेको छ ।

अत्याधुनिक सर्भिस सेन्टरको उदघाटन समारोहमा बोल्दै चौंधरी गु्रपका निर्देशक निर्वाण चौधरीले ईभी तथा अन्य सवारी साधनको बिक्रीपछिको सेवामा आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । सीजी मोटर्सले सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुको सेवालाई उच्च प्राथमिकतामा राखेको पनि चौधरीले बताउनुभयो । सीजी मोटर्सले हालसम्म २२ स्थानमा डिलर नेटवर्क विस्तार गरेको जनाएको छ ।

  :