२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

उपभोक्ताहरुको मन जित्दै समिर माछा पसल,लौहकिल्थली




काठमाडौं– माछामा मानव शरीरहलाई आवश्यक पर्ने थुप्रै पोषक तत्वहरु पाइन्छ । माछाको सेवन मुटुको लागि अत्यन्तै फाइदाजनक रहेको छ ।

माछामा भिटामिन, मिनिरल र पोषण भरपुर मात्रामा पाइन्छ । यसका अलावा प्रोटिन, ओमेगा–३ फ्याटी एसिड, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम जस्ता तत्व पनि पाइन्छ । माछा सेवन गर्नु शारिरीक मात्रै नभई मानसिक स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ । नियमित माछाको सेवनले दिमाग सधैं तेज रहने गर्छ ।

काठमाडौं उपत्यकामा सयौंको संख्यामा माछा मासु पसलहरु रहेका छन् । यसमध्ये ग्राहकहरुको मन जित्न सफल एउटा मासु पसल हो भक्तपुरको लौहकिल्थली चोकमा अवस्थित समिर माछा पसल ।

यस पसलमा चितवन, जनकपुरको सबै प्रकारको लोकल माछाहरु पाइन्छ । विवाह, ब्रतबन्ध तथा अन्य भोजमा माछा आवश्यक भएमा समिर माछा पसलले विशेष छूटका साथ माछा उपलब्ध गराउने पनि पसलका प्रोपाइटर समिरले बताए ।

  :