बैशाख १३, २०८२ शनिबार | Sat Apr 26 2025

टियागो र पन्च ईभीको हरेक बुकिङ्गमा छुटसँगै आकर्षक उपहार




काठमाडौं– नयाँ वर्ष २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले पुस २६ गते शुक्रबारदेखि २८ गते आइतबारसम्म ‘न्यु ह्वीलस्, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ।


कार्यक्रममा टाटा मोटर्सले नेपालमा बिक्री गर्दै आएको र अत्याधिक रुचाइएको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङ्गमा छुटसँगै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको यो एक्सचेन्ज क्याम्प हो । जहाँ जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ । आकर्षक एक्सचेन्ज बोनस दिइने कार्यक्रममा आएर गाडी किन्ने ग्राहकहरुले सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग सुविधा पाउने छन् । यसका साथै यसका अलावा निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर र एक्सेसरिज पनि दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘न्यु ह्वीलस्, न्यु डिल्स’ स्कीम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा लाग्नेछ ।

यस कार्यक्रममा सहभागि हुनेले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।

  :