फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

टाटा ह्यारियर ईभीले पायो फाइभ स्टार सेफ्टी रेटिङ




काठमाडौं– टाटा मोटर्सले हालसालै बजारमा ल्याएको टाटा ह्यारियर इभीले भारत एनक्याप टेस्ट मापदण्ड अनुसार गरिएको सेफ्टी टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।

भारत एनक्यापले आफ्नो पेजमा राख्दै टाटा ह्यारियर इभीलाई एडल्ट टेस्टमा ३२ मा ३२ अंक नै दिएको छ भने चाइल्ड सेफ्टीमा ४९ मा ४५ अंक दिएको छ।

परीक्षणका क्रममा गाडीमा भएको एयरब्याग सबैले काम गरेको थियो। यसले अगाडि र साइडबाट हुने क्र्यासबाट बचाउँछ। गाडीमा ७ वटा एयरब्याग छन्।

कम्पनीले यो गाडीको मूल्य भेरियन्ट अनुसार २१।४९ लाखदेखि २७।४९ लाख भारतीय रुपैयाँ तोकेको छ।
यस ईभीको बुकिङ भारतमा आगामी जुलाईदेखि मात्रै खुला गरिने कम्पनीले जनाएको छ।

  :