मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

डेढ महिनापछि दीपल एस–०५ को बिक्री शुरु हुने



काठमाडौं–दीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस–०५ एसयूभी आगामी भदौ पहिलो सातादेखि बिक्री सुरू गर्ने भएको छ ।


आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा यस एसयूभीलाई प्रदर्शनी गर्ने तयारी पनि कम्पनीले गरिरहेको छ । यसका लागि केही युनिट यो ईभी नेपाल भित्र्याई सकिएको पनि कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी दीपलले बनाएको एस–०५ थाइल्याण्डमा उत्पादन भएको मोडल हो । एमएडब्लू वृद्धिले पहिलो पटक दीपलको एसयूभी थाइल्याण्डबाट ल्याउन लागेको हो ।

लाइट, प्लस र म्याक्स गरी तीन भेरियन्टमा आउने एसयूभी निकै आकर्षक रहेको छ । यस एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । मोटरको साइजको बारेमा भने कुनै जानकारी दिइएको छैन ।

  :