काठमाडौं– ईभी किन्न चाहनेहरुका लागि एउटा खुशीको खबर छ । केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नै इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्स खरिद गर्न सकिने अवसर सीजी मोटर्सले दिएको छ ।
विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यले सीजी मोटर्सले नेपालमा ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्स अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस समेत प्राप्त गर्न सक्नेछन् । रिडारा आरडी सिक्स मा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो ईभीले फुल चार्जमा यो गाडीले ३७७ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।
चार्जिङ र सर्भिसको पहुँचलाई ध्यानमा राख्दै सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याइसकेको जनाएको छ ।









प्रतिक्रिया