मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नामी–०६ तीन भेरियन्टमा नेपाली बजारमा आउने




काठमाडौं– डोङफेङको नामीको नयाँ ईभी डोङफेङ नामी ०६ नेपाल भित्रिएको छ । डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नामी ०६ नेपाल ल्याई भदौ ३ गतेदेखि भृकुटीमण्डपमा हुने नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको हो ।

एमएडब्लूले नामी–०६ एसयूभी ई–१, ई–२ र ई–२ प्लसगरी तीन भेरियन्ट ल्याएको छ । यी तीनै भेरियन्टमध्ये २ भेरियन्ट ई–१ र ई–२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री रहनेछ भने ई–२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री हुने कम्पनीले जनाएको छ ।

भन्सार प्रयोजनको लागि कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार ई–१ भेरियन्टको मूल्य ५७ लाख ९९ हजार, ई–२ को मूल्य ६० लाख ९९ हजार र ई–२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ ।

  :