२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

लिपमोटर बी–१० को डेलिभरी छिट्टै



काठमाडौं। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्सले लिपमोटर बी–१० को डेलिभरी चाँडे नै सुरु गर्ने भएको छ। कम्पनीले बी–१० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ।


काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लिपमोटर बी– १० का अर्डर पूरा गर्न लागिएको कम्पनीले जनाएको छ ।

यो गाडीमा १६० किलोवाटको पावरफुल रियर ह्विल ड्राइभ मोटर छ। यसमा ६७.१ किलोवाटको ब्याट्री उपलब्ध छ। यसलाई एक पटक चार्ज गर्दा ६०० किमीसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै ‘बी–१० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लिपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली इभीप्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प भएको जनाएको छ ।

  :