काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२५ मा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एट्टो २ सार्वजनिक गरेको हो ।
४५.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान भएको यस ईभीले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्ने पनि कम्पनीले जनाएको छ । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल–२ एडास दिइएको छ । यस कारले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।









प्रतिक्रिया