फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

स्काइवेलको गाडी बुकिङ गर्दा सपरिवार युरोप घुम्ने अवसर



काठमाडौं– भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमणको अवसरसहित स्काइवेलको लागि नेपालमा आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ अफर ल्याएको छ ।

अटो शो अवधिमा स्काइवेलको गाडी बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुका साथै युरोपमै स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ। नाडा अटो शोमा स्काइवेलको स्टल ‘एच १२ मा रहेको छ । सो स्टलमा गई गाडी बुकिङ गर्दा यो अफर उपलब्ध हुने कम्पनीको भनाई छ ।

  :