७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

टाटाको लाइफटाइम चार्जिङ निःशुल्क हुने योजना



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरू उपलब्ध गराएको छ।

नाडा अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि टाटाको नेपालको लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले चार्जिङ शुल्क लाइफटाइम बेहोर्ने योजना ल्याएको हो। कम्पनीले नाडा अटो शोमा टाटाका गाडी बुक गर्ने ग्राहकका लागि लाइफटाइम चार्जिङ निःशुल्क हुने योजना ल्याएको हो।

अफर अन्तर्गत ग्राहकले आफूसँग टाटाको गाडी हुँदासम्म चार्जिङ शुल्क तिर्नुपर्दैन, कम्पनीले बेहोर्नेछ। यो अफरले ग्राहकलाई ईभीप्रति आकर्षित गर्ने कम्पनीको विश्वास छ। नाडा शोको पहिलो दिन पहिलो कार किनेकी गीता लामालाई आजीवन चार्जिङको सुविधा दिइएको पनि सिप्रदीले जनाएको छ । लामालाई कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाले गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

सिप्रदीले नाडा अटो शोमा सफारी डार्क एडिसन, पन्च ईभी, नेक्सन के ३, नेक्सन ईभी लङ रेन्ज, कर्भ ईभी र टियागो ईभी राखेको छ।

  :