मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एक्सपेङ एक्स–नाइनको बिक्री शुरु, मूल्य २ करोड २० लाख



काठमाडौं– एक्सपेङको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा एक्सपेङ एक्स–नाइन बिक्री सुरू गरेको छ ।

कम्पनीले एक्सपेङ एक्स–नाइनको मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ । एक्सपेङ एक्स नाइन ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको एमपीभी हो । यसले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ भने ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर रहेको कम्पनीले जनाएको छ । एक्सपेङको एक्स–नाइन एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ ।

  :