६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको प्रिमियम एमपीभी



चीनको बीवाईडी अटो र मर्सिडिज–बेन्जको ज्वाइन्ट भेन्चरको रुपमा रहेको कम्पनीले डेन्जाले चीनमा लन्च गरेको सवारी साधन डी९ ३० मिनेटमै ३ हजार युनिट बुकिङ भएको छ । हेर्दा यो क्रसओभर वा एसयूभी जस्तो लाग्दैन । वास्तवमा डेन्जा डी९ एक प्रिमियम एमपीभी हो । यो प्लग इन हाइब्रिड वा ब्याट्री इलेक्ट्रिक भेइकल ९बीईभी० को रुपमा उपलब्ध छ र यसलाई ४ वा ७ सिट अप्सनमा छनोट गर्न सकिन्छ ।

डी९ को लम्बाई ५/२५ मिटर, चौडाई १/९६ मिटर र उचाई १।९२ मिटर छ भने यसको ह्लिबेस ३/११ मिटर छ । यी सबैका आधारमा यो हाल उपलब्ध किया कार्निभल भन्दा केही लामो र अग्लो छ । डिजाइनका आधारमा यो लक्जरी सेडान जस्तो छ, जसको फ्रन्ट फेसियाको सम्पूर्ण भागमा ठूलो ग्रिल दिइएको छ । ग्रिल इन्सर्ट पनि दुई प्रकारको छ । एउटामा टोयोटा अल्फार्ड जस्तै लिफ्टेड अफ गरिएको छ भने अर्कोमा भर्टिकल क्रोम स्लटको प्रयोग गरिएको छ ।

यसको इन्टेरियरमा प्रशस्तै स्क्रिनहरु रहेका छन् । फ्रन्टमा ३, फ्रन्ट सिटब्याकमा २ र सेकेन्ड रो सिटको आर्मरेस्टमा २ गरी ७ स्क्रिन रहेका छन् । त्यसैगरी यसको सिटब्याक स्क्रिनमा रहेको ८ एमपी क्यामेराको सहयोगले कन्फ्रेन्स कल गर्न वा बालबालिकाको मोनिटरिङ गर्न सकिन्छ ।

  :