मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

असोज २४ देखि एमएडब्लु वृद्धिको देशब्यापी मेगा एक्सचेञ्ज कार्निभल



काठमाडौं– यही असोज २४ गतेदेखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन लगायत देशभरका दिपल, नामी र सेरेस ईभीका शोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको हुने भएको छ ।


दिपल, नामी र सेरेस ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले देशव्यापीरुपमा उक्त कार्निभल आयोजना गर्न लागेको हो । तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।

यसका साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ । आगन्तुकहरुले ह्युमनोइड रोबोट सो, कार रेसिङ सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् ।

ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् । यो कार्यक्रममा कार बुकिङ गर्दा नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउने पनि कम्पनीले जनाएको छ ।

  :