मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

नामी ईभीद्वारा नेपाली बजारमा १ हजार युनिटको माइलस्टोन पार



काठमाडौं– नेपालमा चिनियाँ ब्रान्ड डोङफेङ नामी ईभीले १ हजार युनिटको माइलस्टोन पार गरेको छ। यही अवसरमा डोङफेङ नामीको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि मोटर्सले आइतबार केक काटेर खुशीयाली मनाएको छ ।

नेपाली बजारमा १६ महिना अगाडि भित्रिएको नामीका दुई वटा मोडलका गाडी उपलब्ध छन्। नामी बक्स ह्याचब्याक कारले १ हजार युनिटको सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यस ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । नामीले नाडा अटो शो २०८१ मा ७२० भन्दा बढी बुकिङको रेकर्ड समेत कायम गरेको थियो।

  :