मंसिर १९, २०८२ बिहीबार | Fri Dec 5 2025

नोभेम्बर २५ मा सियरा एसयूभी सार्वजनिक गर्दै टाटा मोटर्स



काठमाडौं । आगामी नोभेम्बर २५ तारिखमा टाटा मोटर्सले नयाँ एसयूभी सियरा सार्वजनिक गर्ने भएको छ ।

सियरा एसयूभी पेट्रोल, डिजेल, ईभी र सीएनजीमा आउने भएको छ । तर २५ नोभेम्बरमा भने कम्पनीले पेट्रोल भर्सन सार्वजनिक गर्ने जनाएको छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलइडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलइडी टेललाइट दिइएको छ ।

सियरा पेट्रोल, डिजेल र इलेक्ट्रीक पावर ट्रेनको साथ बजारमा आउने छ । जसमा १.५ लिटर टर्बो पेट्रोल, २।० लिटर क्रायोटेक डिजेल इन्जिन रहने छ । यी इन्जिनसँग म्यानुअल र अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ । टप भेरियन्ट भने अल ह्वील ड्राइभ सिस्टमको साथ आउने अनुमान छ ।

  :