काठमाडौं । एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले कात्तिक २१ गतेदेखि २३ गतेसम्म ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ ।
आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्राण्डहरू समेटेर एकैठाउँमा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । क्याम्प हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछ ।
काठमाडौं उपत्यकामा एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा संचालन हुने तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू १५ लाख रुपैयाँसम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् । साथै, ग्राहकले सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू पाउने पनि कम्पनीले जानकारी दिएको छ । क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस ब्राण्डका सवारी साधन प्रदर्शन गरिने छ ।
क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुने पनि पारामाउन्ट मोटर्सले जनाएको छ ।









प्रतिक्रिया