फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

बिर्तामोडमा आगामी शनिबारदेखि दिपल र नामी ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज अफर



काठमाडौं । आगामी शनिबारदेखि झापाको बिर्तामोडमा दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको ग्राहकहरुले टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न पाउने भएका छन्।

दिपल र नामीको नयाँ शोरुम उद्घाटन हुने अवसरमा एमए डब्लु वृद्धिले टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्न लागेको हो । यो कार्यक्रम ४ दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा आगन्तुकहरूलाई नवीनतमप्रविधि, डिजाइन र नवप्रवर्तन अनुभवगर्न पाउने जनाइएको छ ।साथै, रोबोटसँग अन्तक्रिया गर्ने कार्यक्रम पनि राखिएको छ।

हालै सम्पन्न नाडा अटो शोमा चर्चामा रहेको दिपल एस०५ र नामी भिगो जस्ता मोडेलहरुको पनि टेस्ट ड्राइभ गर्न सकिने भनिएको छ यी गाडीहरूले उत्कृष्ट रेन्ज, प्रविधि र ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरु पनि घोषणा गरेको छ। पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेन्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार रहेको कम्पनीले जानकारी दिएको छ ।

  :