माघ १३, २०८२ सोमबार | Tue Jan 27 2026

‘हुन्डाई विन्टर डिलाइट’ अभियान : गाडी किन्दा ५ लाखसम्मको छुट



काठमाडौँ–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान ल्याएको छ ।

२५ डिसेम्बर २०२५ देखि चलेको अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत, ग्राहकले ५ लाख सम्मको छुट र छानिएको मोडलहरूमा १ लाख सम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
हुन्डाईका सबै गाडीमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाई छ ।

देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन कम्पनीले आफ्ना ग्राहकहरूलाई आह्वान गरेको छ ।

  :