फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

सिन्धुलीमा बाल विवाहमुक्त नेपाल अभियान”



काठमाडौं । नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु अपराध भए तापनि सामाजिक परम्परा, गरिबी र अज्ञानताका कारण सिन्धुली जिल्लामा अझै पनि बालविवाहका घटनाहरू देखिने गरेका छन्।

यसै सन्दर्भमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वयमा “बाल विवाहमुक्त नेपाल १०० दिने अभियान” सञ्चालन हुँदै आएको छ। Just Rights for Children in Nepal ले सातै प्रदेशमा साझेदार संस्थाहरूको सहकार्यमा अभियान अघि बढाइरहेको छ भने बागमती प्रदेशमा  Voice of Children (VOC) ले “बाल विवाहमुक्त नेपालस् अभियान” सञ्चालन गर्दै आएको छ। यस अभियानले सन् २०३० सम्म नेपाललाई पूर्ण रूपमा बालविवाहमुक्त बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

ad


यसै अभियानको क्रममा सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले बालविवाहका मुद्दालाई सम्बोधन गर्न सक्रिय पहल गरेको छ र CMFC २०८२ मा सक्रिय रूपमा सहभागिता जनाएको छ। नगरपालिकाले सबै वडा, प्रहरी तथा विद्यालयहरूलाई समन्वयात्मक कार्यका लागि आधिकारिक पत्रसमेत जारी गरेको छ।

कमलामाई नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इन्दिरा थापा, सबित्रा देवकोटा र राधा कोइराला तथा भ्वाइस अफ चिल्ड्रेन का उप–निर्देशक उत्तम ढकाल को संयुक्त सहभागितामा वडा नं ७ मा बाल अधिकार समिति गठन गरिएको छ।

अभियानको क्रममा वडा नं १ स्थित श्री चण्डेश्वरी मा।वि।, डाढी, वडा नं. ४ स्थित पञ्चकन्या मावि, कुडुले, वडा नं. ४ स्थित बरुणदेवी मा।वि।, खट्टार, वडा नं ५ स्थित जनज्योति मा।वि।, फोस्रेटार र वडा नं ७ स्थित श्री मावि, गडौली मा बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।  यी कार्यक्रममार्फत करिब २,००० जना विद्यार्थीहरूलाई बालविवाहका तथ्य, कारण, असर तथा नेपाल र सिन्धुली जिल्लाको अवस्थाबारे जानकारी गराइएको छ। वडा नं ७, गडौलीस्थित श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम पहाडीले सिन्धुली जिल्ला बागमती प्रदेशमा बालविवाहको दर उच्च हुने जिल्लामध्ये चौथो स्थानमा रहेको र शिक्षा सूचकांकसमेत कमजोर रहेको जानकारी दिए।


बालविवाह अन्त्यका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भ्वाइस अफ चिल्ड्रेनले अन्य स्थानीय तहहरूसँग पनि समन्वयलाई निरन्तरता दिने जनाएको छ। सोही क्रममा VOC ले सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका तथा मरिन गाउँपालिकासँग भेटघाट तथा फलदायी छलफल गरी आगामी सहकार्यका सम्भावनाहरूबारे छलफल गरेको छ।

बालविवाह हाम्रो समाजमा जरा गाडेर बसेको गम्भीर सामाजिक समस्याका रूपमा अझै पनि कायम रहेको छ। विभिन्न संस्कार, परम्परा, गरिबी, अशिक्षा र लैंगिक विभेदका कारण बालबालिका विशेष गरी किशोरीहरू आफ्नो उमेर, सपना र अधिकारभन्दा पहिल्यै विवाह बन्धनमा बाँधिन बाध्य छन्।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

  :