२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

पूर्ण सौन्दर्य सेवामा अब्बल बौद्धको ब्रिज हेयर एण्ड ब्यूटी सैलुन



काठमाडौं । आधुनिक प्रविधि, आकर्षक इन्टेरियर र दक्ष प्राविधिकको संयोजनले बौद्ध क्षेत्रमा सञ्चालित ब्रिज हेयर एण्ड ब्यूटी सैलुन अन्य साधारण सैलुनभन्दा विशेष बनाएको छ।

सैलुनमा हेयर सेवासँगै विभिन्न अतिरिक्त सौन्दर्य सेवा सुविधासहित व्यावसायिक तालिमकोे समेत व्यवस्था गरेको छ । फेसियल, क्लिनअप, स्किन ट्रीटमेन्ट, ब्राइडल मेकअप, पार्टी मेकअप, आइब्रो थ्रेडिङ, वैक्सिङ, म्यानिक्योर–पेडिक्योर जस्ता सेवाहरू एकै ठाउँमा पाउन सकिन्छ। यो सैलुनले ग्राहकलाई पूर्ण सौन्दर्य हेरचाहको सुविधा दिने लक्ष्य राखेको छ।

यहाँ प्रयोग हुने प्रोडक्टहरू प्रमाणित (ब्रान्डेड) छन् भने हाइजिनमा विशेष ध्यान दिइन्छ। प्रत्येक ग्राहकका लागि उपकरणहरू सफा र सुरक्षित तरिकाले प्रयोग गरिन्छ, जसले स्वास्थ्य जोखिम कम गर्छ। ग्राहकहरूका लागि यो सैलुन अब केवल सेवा लिने ठाउँ मात्र नभई गुणस्तरीय सौन्दर्य अनुभवको केन्द्र बन्दै गएको छ।

सैलुनले व्यावसायिक तालिमतर्फ पनि ध्यान दिएको छ। बेसिक कोर्स र फुल/एडभान्स कोर्स मार्फत युवायुवतीलाई व्यवहारिक सीप सिकाइँदै आएको छ। अन्य संस्थाभन्दा फरक रूपमा यहाँ “ह्यान्ड्स(अन प्राक्टिकल” मा जोड दिइन्छ, जसले सिकेका सीप तुरुन्तै काममा लागू गर्न सकिने बनाउँछ।

त्यसैगरी, सैलुनका प्राविधिकहरू नियमित रूपमा नयाँ ट्रेन्ड र प्रविधिबारे तालिम प्राप्त गर्ने भएकाले सेवा दिने शैली आधुनिक र अपडेटेड छ। ग्राहकको आवश्यकता अनुसार कस्टमाइज सेवा दिने प्रणालीले पनि सन्तुष्टि बढाएको छ।

  :