काठमाडौं – नेपालका लागि दिपल ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ ।
उन्नत प्रविधि, उत्कृष्ट डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित एस ०५ मा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । साथै यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो हो ।
२०२६ दिपल एस०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ । नेपाली बजारमा यो एसयुभी ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया