ललितपुर । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितहरुको सहयोग तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धिगर्ने उद्देश्यले काठमाडौं शिक्षालय ललितपुरले साइकल र्याली सम्पन्न गरेको छ ।
बाढीपीडितका लागि साइकल ¥याली, मानवताका लागि एकता भन्ने नारासहित आयोजना गरिएको साइकल र्यालीको उद्घाटन महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो । ¥यालीमा काठमाण्डौ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो । कार्यक्रममा ३०० भन्दाबढी साइक्लिस्टका सहभागिता रहेको थियो । उक्त ¥याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेका थिए । त्यस्तै विद्यार्थी र विभिन्न संस्थाका गरि १५० भन्दा बढी स्वंयसेवकहरु साइकल ¥याली रुटमा खटिएका थिए ।
कार्यक्रम उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताउनुभयो । साइकल ¥यालीले युवापुस्तालाई शारीरिक र मानसिक रूपमा सक्रिय बनाउनुका साथै समाजप्रतिको जिम्मेवारी र वातावरणप्रतिको संवदेनशीलता विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानले नै देशलाई सही दिशा र गति दिने भएकोले विद्यार्थी,अभिभावक र सरोकारवालालाई यस्ता कार्यक्रममा सहभागी गराउँदै संविधानको महत्व बुझाउन जरुरी रहको बताउनुभयो । महालक्ष्मी नगरपालिकामा नै पहिलोपटक आयोजना गरिएको यो साइकल ¥यालीमा देखिएको सहभागिताले आगामी वर्षहरुमा पनि कार्यक्रम गर्न उत्साह बढेको उहाँले बताउनुभयो ।

बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केवल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व,सीपमूलक व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिन ,मानवीय सहयोग र वातावरण संरक्षणसँग जोडेर यस कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउन साइकल ¥याली आयोजना गरिएको विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले बताउनुभयो। उहाँले ¥यालीदर्ता शूल्कबाट उठेको रकमको २५प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो । विद्यालयले भोटेकोशीबाढी प्रभावितलाई यस अघि नै ललितपुर प्याब्सनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।
¥याली काठमाडौ ंशिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शखं देवीमन्दिर पुगेको थियो । त्यसपछि बिष्णुडोल, स्कुलचोक र महालक्ष्मी नगरपालिका हुँदै पुनःकाठमाण्डौ शिक्षालय ललितपुरको परिसरमा फर्किएर ¥याली समापन गरिएको थियो । दुई विधामा २० र २५ किलोमिटर दूरीको ¥यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।







प्रतिक्रिया