६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

विद्युतिय कारमा बिक्री पछिको सेवा



काठमाडौं । विक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सिर्भिस अटोमोवाइल व्यवसायमा सवैभन्दा बढी महत्व वोकेको क्षेत्र हो । यो क्षेत्रको विस्तार विना सवारीसाधनको बजारले अपेक्षाकृत गती लिन नसक्ने लगभग पक्कापक्कि जस्तै छ ।

सवारीाधन आयत गरी ग्राहकलाई बिक्री गरे पश्चात उक्त सवारीसाधनको आयु रहुन्जेल यसको मर्मतसम्भार जारी राख्न अवाश्यक पर्ने सर्भिसिङ र स्पेयर पार्टसको जोहो मिलाउनु हरेक विक्रेताका लागि अनिवार्य जस्तै हुन्छ । त्यसैले त भनिन्छ गाडी एकपटक बिक्री गरे पुग्छ तर आफ्टर सेल्स सर्भिसको प्रवन्ध हर क्षणका लागी मिलाउनुपर्छ ।

सवारी बजारमा बिक्री पछिको सेवाले सबैभन्दा ठूलो रोल खेलिरहेको हुन्छ भन्ने कुरा हाल कारोवार भैरहेका व्रान्डको उपस्थितीले समेत प्रमाणित गर्छ । नेपालमा जुन व्रान्डले सवैभन्दा बढी यस्तो नेटवर्क विस्तार गर्न सकेका छन् तिनै ब्रान्डको कारोवार उच्च रहेको दृष्टान्तबाट पनि यो क्षेत्रको महत्व स्पष्ट झल्कन्छ ।

विद्युतिय कारको कुरा गर्नुपर्दा पछिल्लो समय यो नयाँ प्रविधीले नेपाली अटो पारखीहरुको मन जित्न थालिसकेको छ । वार्षिक १५ हजार हाराहारीमा विक्री हुने प्यासेन्जर कार बजारमा विद्युतिय कारले १५ सय अर्थात १० प्रतिशत हाराहारी हिस्सा लिन थालिसकेको आयतको तथ्यांकले देखाइसकेको छ ।

यो संख्या भोलिका दिनमा क्रमिक रुपले बढ्दै जाने हुँदा अवको ५ वर्षभित्र नेपालमा ३० प्रतिशत हाराहारी विद्युतिय कारले बजार लिने आँकलन गर्न थालिएको छ ।

  :