काठमाडौं– अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्ड बोकिरहन आवश्यक नपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै अब उप्रान्त नागरिक एप मार्फत मोबाइलमा नै लाइसेन्स उपलब्ध हुने व्यवस्था सुरु गरिएको बताउनुभएको छ। यो नयाँ व्यवस्था आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा लागू हुनेछ। यसमा ट्रायल पास…