६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

१८ मिनेटमै सोल्ड आउट भयो सिट्रोनको मिनी ईभी



काठमाडौं । केही दिन पहिले सिट्रोनले लन्च गरेको माई एमी बग्गी नामक सानो इलेक्ट्रिक कार लन्च गरेको छ । गत जुन २१ मा सिट्रोनको वेबसाइटमा सम्भावित ग्राहक झुम्मिन पुगे । सबै गरी करिव १ हजार ८ सय जनाले सो ईभी किन्ने इच्छा देखाए पनि ५० जनाले मात्र किन्ने अवसर पाएका छन् ।

क्रसओभर स्टाइलको सो सानो कार धेरैले रुचाएको पाइएको छ ।माई एमी बग्गी कन्सेप्टमा आधारित ५० युनिट फ्रान्समा बिक्रीका लागि उपलब्ध गराइएको र बुकिङ खुलेको १७ मिनेट २८ मिनेटमै यसको सबै युनिट सोल्ड आउट भएको छ ।सो ईभीमा खाकी पेन्ट गरिएको बडी छ । बम्पर र ह्विल आर्कमा ब्ल्याक प्लाष्टिक क्लेडिङ र गोल्ड फिनिस्ड स्टिल छ ।

यसमा ६ किलोवाटको मोटर र ५।५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ भने यसले सिंगल चार्जमा ७० किलोमिटर रेन्ज दिन्छ । रेगुलर एमी भन्दा माई एमी बग्गीमा केही कुरा फरक छन् । यसमा रोलब्याक गर्न सकिने क्यानभास रुफ छ । त्यसैगरी ओपन एयर एक्सपेरियन्सका लागि ढोकाको सट्टा मेटल ट्युब गेट छ ।

  :