६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सुपर सोको अफर दैनिक १३९ रुपैयाँ किस्तामा इलेक्ट्रिक स्कुटर



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर आयातकर्ता कम्पनीहरुले ग्राहकको ध्यानाकर्षणका लागि विभिन्न स्किम ल्याउने गरेका छन् । अन्य कम्पनीहरुले शुरुमा निश्चित रकम डाउन पेमेन्टको रुपमा तिर्नु पर्ने स्किम उपलब्ध गराउने गरिरहेकोमा सुपर सोको स्कुटरका लागि भने शुरुमा डाउन पेमेन्टको रुपमा रकम बुझाउनु पर्ने छैन ।

यसै सन्दर्भमा सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर सोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यद्यपि डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ ।

नेपाली बजारमा सुपर सोको ब्रान्डका विभिन्न मोडलका बाइक र स्कुटर उपलब्ध छन् ।कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । जसको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ ।

  :