६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक



काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको दीगो ग्रुप अफ कम्पनिजले दीगो ई८ कारको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

दीगो ई८ को मूल्य २१ लाख ९४ हजार ५ सय तोकिएको छ । पहिले २४ लाख ९४ हजार रुपैयाँ भएकोमा अब यसको नयाँ मूल्य सार्वजनिक गरिएको हो ।

चालु आर्थिक वर्षका लागि गत वर्ष सार्वजनिक गरिएको बजेट वक्तव्यमार्फत एकै पटक अन्तःशुल्क र भन्सार दरमा गरिएको वृद्धिका कारण पहिले मूल्य सार्वजनिक गरिएको थिएन । पछि बीचमा सरकारले यसमा केही परिमार्जन गरे पश्चात दीगोको यो कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको थियो ।

दीगो ई८ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा सस्तो इलेक्ट्रिक कार मानिन्छ । दीगो ई८ कार नेपाली बजारमा पहिले देखि नै स्टकमा उपलब्ध छ । यसकारण कुनै पनि ग्राहकले तत्कालै डेलिभरी लिन चाहेमा यसको समेत व्यवस्था भएको कम्पनीले जानकारी गराएको छ ।

दीगो ई८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।एकपटकको चार्जले सामान्य सञ्चालन अवस्था मा यो कार १५० किलोमिटरसम्म ९एनइडिसी २०० किलोमिटर० कुद्छ ।

यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ । दीगो ई८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसा मात्रै पर्छ ।

दीगो ई८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार हो । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ ।

  :