६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

नेपाली सोरुममा आइपुग्यो नेक्सन ईभीको डार्क एडिसन



काठमाडौं – टाटा मोटर्सको निकै नै लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सनको डार्क एडिसन नेपाली सोरुममा आइपुगेको छ । रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको बुकिङ समेत खुल्ला गरिएको छ ।

जसको मूल्य ४२ लाख र ४४ लाख रुपैयाँ निर्धारण गरिएको छ । यसको रेगुल भेरिएन्टमा एक्सजेड प्लसको ४० लाख र एक्सजेड प्लस लक्जरीको ४२ रुपैयाँमा करोबार भैरहेको छ ।

हाल कारोबार भैरहेको रेगुलर मोडलको स्पेशल एडिसन यो कार एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल दुई भेरिएन्टमा नेपाल आएको हो ।
टाटा मोर्टर्सले यो कारलाई ब्ल्याक कलर थिममा डिजाइन गरेको छ । ब्याट्री, मोटर र अन्य मेकानिकल पक्ष भने रेगुलर मोडललाई निरन्तरता दिइएको छ ।यसको भित्री र बाहिरी दुवै भागमा आकर्षक तवरले कालो रङलाई समायोजन गरिएको हो ।

कारको ड्यासवोर्डलाई पियानो ब्ल्याक कलर र सिट लगायत अन्य इन्टेरियर फिचर्सलाई डार्क थिममा सजाइएको छ ।

यो कारमा ३०।२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट क्षमताको पीएसएमएस मोटर जडान गरिएको छ। रेगुल मोडलमा जस्तै यसमा पनि ३.३ किलोवाट क्षमताको अनवोर्ड चार्जर पाउन सकिन्छ । यो कारमा स्मार्ट रिजेनेरिटिभ व्रेकिङ सिस्टम समेत उपलब्ध छ । पावर तथा टर्कको कुरा गर्नुपर्दा यो कारले १२९ पीएसको पावर र २४५ एनएमको टर्क जेनेरेट गर्छ ।

यो स्पेशल एडिसनमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, ७ इन्चको टीएफटी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ७ इन्चकै फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता दिइएको छ । एक्सजेड प्लस लक्जरीमा भने सनरुफ समेत उपलब्ध रहेको छ ।

यसको साथै यसमा रियर एसी भेन्ट, कुल्ड ग्लोब बक्स, रियर सेन्ट्रल आर्मरेष्ट, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, २०५ एमएम ग्राउन्ड क्लियरेन्स र सनरुफ उपलब्ध छ ।

यो कारलाई एसी चार्जरको सहायतामा फुल चार्ज गर्न ८.५ घन्टा लाग्छ भने डिसी फास्ट चार्जरको सहायतामा एक घन्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

फुल चार्ज गरेपछि ३१२ किलोमिटर सम्मको यात्रा तय गर्न सकिने दावी गरिएको छ ।
सेफ्टी फिचर्स अन्तर्गत यसमा ईबीडी सहितको एबीएस, हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, कर्नरिङ स्टेबिलिटी कन्ट्रोल, डाइनामिक गाइड लाइनसहितको रिभर्स पार्किङ क्यामेरा र ड्युअल फ्रन्ट एयरब्याग दिइएको छ ।

  :