६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

माइलेज र फिचरमा प्रतिस्पर्धीलाई पछि पार्दै यामाहा रे–जेडआर १२५



स्कुटर प्रयोगकर्तालाई यदि तपाईको स्कुटर कस्तो छ भनेर सोध्ने हो भने उनीहरु मध्ये अधिकांशको मुखबाट ‘अरु त सव ठिकठाक छ तर तेल चाहिँ अति खाँदो रैछ ’भन्ने उत्तर सवैभन्दा पहिले आउँछ । तेल बढी खानु अर्थात माइलेज कम पाउनु स्कुटर प्रयोगकर्ताहरुको साझा समस्या जस्तै बनेको छ अहिले ।

एकातर्फ पेट्रोलको मूल्य लिटरकै २ सय रुपैयाँ हाराहारी पुग्नु र अर्कोतर्फ कम्पनीले दावी गरेजति माइलेज नपाउँदा यो साधन प्रयोग गर्ने अधिकांश राइडर निराश वन्न विवस देखिन्छन् । माइलेजलाई लक्षित गरेर कतिपयले त आफ्नो स्कुटरले तेल पानी खाएजस्तै खान्छ समेत भन्ने गरेको सुनिन्छ ।

कम्पनीले दावी गरेजस्तो माइलेज नपाएपछि कतिपय स्कुटर राइडरले सामाजिक संजालमा ब्रान्डको नामै उल्लेख गरेर यसवारे आक्रोस समेत व्यक्त गर्ने गरेको भेटिन्छ । कतिपय यस्ता राइडरले बिक्री गर्ने बेलामा भनिएको माइलेज मेरो स्कुटरले किन दिएन भनेर बिक्रेता कम्पनीमाथी प्रश्न समेत तेर्साउने गरेका छन् ।

उल्लेख गरिएको पृष्ठभूमीलाई आधार मान्दा अधिकांश स्कुटर राइडर माइलेजबाट सन्तुष्ट छैनन भन्ने नै हो । त्यसो भए के सवै स्कुटरमा यो समस्या कायमै छ त ? यसको चित्त वुझ्दो जवाफ पाउन यामाहा रे जेडआर १२५ एफआईले दिने माइलेजवारे जानकारी लिनु उपयोगी हुने देखेर हामीले यो स्कुटरका वारेमा चर्चा गरेका छौ ।

स्कुटरको बजार प्रवद्र्धन गर्न नेपालस्थित आधिकारिक वितरक कम्पनीले यसको माइलेजलाई नै सवैभन्दा महत्वपूर्ण टुल वनाइरहेको छ । अन्य विक्रेताले फिचर्स र लुक्स तथा डिजाइनमा जोड दिने गरेको पाइएकोमा यसको आधिकारि वितरक एमएडब्लु इन्टरप्राइजेजले यसको प्रमोशन क्याम्पियनमा ‘आइएम ५८ किलोमिटर पर लिटर’ उल्लेख गरेर प्रचार गरिरहेको छ ।

यसको अर्थ यो कम्पनी स्कुटरले दिने यो माइलेजको विषयमा पूर्णत विश्वस्त छ भन्ने नै हो । जसलाई पुष्टि गर्न कम्पनीले विभिन्न समयमा माइलेज क्याम्पियन नै आयोजना गरेर यसले प्रदान गर्ने असली माइलेजको टेष्ट गर्दै आइरहेको छ । यसरी गरिएको टेष्टमा यो स्कुटरमा दावी गरिएको ५८ किलोमिटरभन्दा पनि वढी माइलेज दिएको स्वयं हाम्रो टोली समेत सहभागी एक क्याम्पियनले पुष्टि गरेको छ ।

केही समयअघि काठमाडौंको वल्खुदेखी लाकुरी भन्ज्याङसम्म यो कम्पनीले माइलेज च्यालेन्ज कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा राइडर उज्जवला घिमिरेले चलाएको स्कुटरले ६१.४१ किलोमिटर माइलेज दिएको थियो । उनी उक्त च्यालेन्जको विजेता समेत वनेकी थिइन । यसैगरी फस्र्ट रनर अप वनेका समुन महर्जनले चलाएको स्कुटरले ५८.९६ र सेकेन्ड रनरअप सुलि लम्सालले ५७.६० किलोमिटर माइलेज पाए । अन्य राइडरहरुले पनि ५५ किलोमिटर हाराहारी माइलेज पाएका थिए ।

उत्पादक कम्पनीले दावी गरेको माइलेज दिने स्कुटरमा यामाहा रे जेडआर अग्र स्थानमा रहेको छ । माइलेज भनेजति नै पाउने भएपछि ग्राहकको आकर्षण समेत यो स्कुटरमा वढिरहेको देख्न सकिन्छ । जसका कारण १२५ सिसी सेग्मेन्टमा यो स्कुटरले बजार हिस्सा समेत बढाउँदै लगेको छ ।

  :