७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल यसै वर्ष डेब्यु



रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता गरेको छ । यो नयाँ मोटरसाइकल यसै वर्षको अन्त्यसम्ममा डेब्यु हुने अपेक्षा गरिएको छ ।

प्याटेन्ट तस्विरलाई नियाल्दा सो मोटरसाइकल इलेक्ट्रिक०१ को कन्सेप्टमा तयार हुन लागेको सहजै अनुमान गर्न सकिन्छ । नियो–रेट्रो डिजाइनमा तयार हुने मोटरसाइकलमा एकल सिट, फराकिलो ह्यान्डलबार र गोलाकार हेडल्याम्पसहितको खुला फ्रेम रहनेछ ।


यसको उत्पादन संस्करणमा गर्डर फोर्कहरू पनि समावेश हुने सम्भावना देखिएको छ । यसअघि देखाइएको इलेक्ट्रिक०१ कन्सेप्टमा पनि यस्तै सस्पेन्सन सेटअप थियो ।

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइकको प्राविधिक विवरणहरू अझै गोप्य राखिएको छ । यद्यपि, यसको ब्याट्री ट्युबुलर फ्रेमको बीचमा बस्नेछ भने इलेक्ट्रिक मोटरले बेल्ट ड्राइभ मार्फत पावरलाई पछाडिको चक्कामा स्थानान्तरण गर्ने जनाइएको छ ।

  :