७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलेक्ट्रिक कार एमजी ४ अपर मुस्ताङमा



काठमाडौं– इलेक्ट्रिक कार एमजी४ ले अपर मुस्ताङमा अवस्थित कोरला पाससम्मको यात्रा सम्पन्न गरेको छ । समुद्री सतहदेखी ४ हजार ४६० मिटर उचाईमा रहेको उक्त भुगोलमा एमजी४ सहजै पुगेको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोर्टसले जनाएको छ ।

एमजी४ लाई धीरेनमान श्रेष्ठ नेतृत्वको टोलीले कोर–ला पाससम्म पुर्याएका हुन् । उत्कृष्ट पावर र पर्फमेन्सका कारण एमजी४ लाई सहजै उक्त कठिन भुगोलसम्म पुर्याउन सकिएको श्रेष्ठले भने- यो कारमा भएको ५ लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्विल ड्राइभ र रोवस्ट सस्पेन्सन सिस्टमका कारण अफरोडमा समेत सहजै यात्रा गर्न सकिन्छ । साथै यसको ब्याट्री क्षमता, रिजेनेरिटिभ ब्रेकिङ सिस्टम र उत्कृष्ट स्पिडका कारण अपर मुस्ताङ जस्तो कठिन भुगोलसम्म यात्रा गर्न सहज भयो।

२ वर्षअघि लन्च भएको यो कारले अन्तराष्ट्रिय बजारमा विभिन्न अवार्ड पाएको छ । एमजी४ ले ‘ओभरअल टप कार अफ २०२४’, ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ दि इयर २०२३’ र ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२२’ लगायत अवार्ड पाएको हो ।

नेपाली बजारमा यो कार ५१ किलोवाट आवर र ६४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । ९९ किलोवाट क्षमताका मोटर जडित कारको पावर १३५ पिएस तथा टर्क २५० एनएम छ भने ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ । यसका कम्फर्ट भेरियन्टले सिंगल चार्जमा ३५० किलोमिटर र लक्जरी भेरिएन्टले ४५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य ४१ लाख ४९ हजार र ५० लाख निर्धारण गरिएको छ ।

  :