७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पारामाउन्ट मोटर्सको एक्सचेन्ज अफर




काठमाडौं– वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याउने भएको छ । मनसुन एक्सचेन्ज मेनिया नामले आउने उक्त अफर अन्तर्गत ग्राहकले आफूसँग भएको पुरानो गाडीसंग बिंगो ईभी साट्न सक्नेछन् ।
२ दिनपछि शुरु हुने क्याम्पमा ग्राहकले ६ लाख ६० हजार रुपैयाँको डाउनपेमेन्ट सुविधा पाउनेछन् । यसैगरी, १ लाख रुपैयाँसम्मको अतिरिक्त लाभ, १ वर्षको रोड ट्याक्स निःशुल्क, फ्रि एक्सेसोरिज तथा ३ वर्षको निःशुल्क सर्भिस र पुरानो गाडीमा आकर्षक मूल्यांकन जस्ता सुविधा पाउनेछन् ।
साथै, २.२ किलोवाट क्षमताको चार्जर र एक्सचेन्ज बोसन समेत पाउन सकिने कम्पनीले जनाएको छ । वुलिङको नक्सालस्थित शोरुममा अयोजना हुने उक्त क्याम्प साउन ५ गतेसम्म संचालन हुनेछ ।

वुलिङ बिंगो हालै नेपाल भित्रिएको इलेक्ट्रिक ह्याचब्याक हो । यो कारमा ३१।९ किलोवाट आवरको ब्याट्री प्याक तथा ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारलाई १२० किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यो कारले सिंगल चार्जमा ३३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

बिंगो ईभीमा १०.२५ इन्चको दुईवटा डिस्प्ले, सिन्थेटिक लेदर ड्यासबोर्ड प्यानल, डुअल एयर ब्याग, अटोमेटिक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ, एबिएस, ईबिडी, ईएससी, आइएसोएफआईएक्स र क्रुज कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

  :