७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

महिन्द्राको नयाँ थार भदौमा नेपाल आउने ?



काठमाडौं– भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राको उत्पादन ५ ढोके थारको १५ अगष्टमा वल्र्ड प्रिमियर हुँदैछ । थार अर्माडा नामक यसको आगामी भदौमा हुने नाडा अटो शोमा नेपाल आउनसक्ने बताइएको छ । यसअघि तीन ढोका भएको थारको तुलनामा यसको बाहिरी डिजाइनमा पनि परिवर्तन पाउन सकिन्छ ।

लाइफ स्टाइल सेग्मेन्टमा आउने थार अर्माडामा फरक डिजाइनको ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प, सी सेपको एलइडी डीआरएल दिइएको छ । यसको पछाडि ढोकामा दिइएको डोर ह्याण्डल ढोकाको फ्रेमसँगै जोडिएको छ । भाइब्रेन्ट रेड कलरमा देखिएको थार अर्माडामा फ्लेयर ह्वीलआर्कले स्पोर्टी अफरोड देखाउन थप सहयोग गरेको छ ।

थार अर्माडामा एड्भान्स टेक्नोलोजी र उच्चस्तरिय फिचरहरु प्रयोग भएर आउने छ । ल्याडर फ्रेम च्यासिसमा बनेको यो एसयूभीमा स्कर्पियो एनको धेरै फिचरहरु रहने छन् ।

थार अर्माडाको क्वाविनमा रिभाइज सेन्टर कन्सोल, कालो र सेतो कलरमा सजिएको ड्यासबोर्ड, नयाँ सिट, पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा जस्ता फिचर रहने छन् ।

त्यसैगरी, भेन्टीलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, स्ट्याण्डर्ड ६ एयरव्याग, लेवल २ एडास सेफ्टी फिचर, एप्पल कार प्ले र एन्ड्रोइड अटो पाउन सकिन्छ । ड्यासबोर्डमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर पनि दिइने छ ।

महिन्द्राले आफ्नो २.० लिटरको एमस्टेलन ४ सिलिन्डर पेट्रोल र २.२ लिटर एमहक डिजेल इन्जिनमा यसलाई ल्याउने छ । यसको लोअर भेरियन्टमा अर्को १.५ लिटर डिजेल इन्जिन अप्सनसमेत रहने छ । यसमा ६ स्पीडको म्यानुअल र ६ स्पीडको टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहने छ ।


महिन्द्राको अफरोड एसयूभी थार निकै चर्चित एसयूभीमा पर्ने गरेको छ । भारतीय अटो कम्पनी महिन्द्रा एन्ड महिन्द्राको उत्पादन थार सर्वाधिक मोडिफाई हुने एसयूभीमा समेत हो । भारतीय बजारमा यो एसयूभी मासिक औषत ६०० युनिट बिक्री हुने गरेको छ ।

  :