७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिट्रोनको नयाँ कुपे एसयूभी अगष्ट २ मा सार्बजनिक हुने



फ्रेन्च अटो निर्माता सिट्रोनले आगमी अगष्ट २ मा नयाँ कुपे एसयूभी बसाल्ट सार्बजनिक गर्ने भएको छ । हाल उपलब्ध सी३ एयरक्रसमा आधारित हुने सो एसयूभीमा एलईडी डीआरएल, ¥यापराउन्ड टेललाइट र स्क्वायर–इश ह्वील आर्चसहितको स्प्लिट हेडल्याम्प लगायत विशेषता हुनेछ ।

बसाल्टको भित्री भाग पनि सी३ एयरक्रस जस्तै हुने अपेक्षा गरिएको छ । यद्यपी यसलाई फिचर लोडेड बनाउन सिट्रोनले केही नयाँ फिचर थप गर्ने अनुमान गरिएको छ । कारमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङलगायतका सुविधाहरू उपलब्ध हुने सम्भावना छ ।

सो नयाँ एसयूभीमा सिट्रोनले सी३ एयरक्रसमा जस्तै १.२–लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध गराउने जनाइएको छ । उक्त इन्जिनले १०९ बिएचपी पावर र २०५ एनएम टर्क जेनेरेट गर्दछ । बसाल्ट ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

सिट्रोनले हाल भारतमा सी३ लाई कम्वसन र इलेक्ट्रिक पावरट्रेनमा उपलब्ध गराउँदै आएको छ भने अर्को कम्प्याक्ट एसयूभी सी३ एयरक्रस समेत उत्पादन गर्दै आएको छ । नयाँ एसयुभी भारतमा लन्च भएपछि नेपाल समेत आउनेछ ।

सिट्रोनले नयाँ कुपे एसयूभी अगष्ट २ मा सार्बजनिक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आगमी अगष्ट २ मा नयाँ कुपे एसयूभी बसाल्ट सार्बजनिक गर्ने भएको छ । हा उपलब्ध सी३ एयरक्रसमा आधारित हुने सो एसयूभीमा एलईडी डीआरएल, ¥यापराउन्ड टेललाइट र स्क्वायर–इश ह्वील आर्चसहितको स्प्लिट हेडल्याम्प लगायत विशेषता हुनेछ ।

बसाल्टको भित्री भाग पनि सी३ एयरक्रस जस्तै हुने अपेक्षा गरिएको छ । यद्यपी यसलाई फिचर लोडेड बनाउन सिट्रोनले केही नयाँ फिचर थप गर्ने अनुमान गरिएको छ । कारमा १०।२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङलगायतका सुविधाहरू उपलब्ध हुने सम्भावना छ ।

सो नयाँ एसयूभीमा सिट्रोनले सी३ एयरक्रसमा जस्तै १।२–लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध गराउने जनाइएको छ । उक्त इन्जिनले १०९ बिएचपी पावर र २०५ एनएम टर्क जेनेरेट गर्दछ । बसाल्ट ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

सिट्रोनले हाल भारतमा सी३ लाई कम्वसन र इलेक्ट्रिक पावरट्रेनमा उपलब्ध गराउँदै आएको छ भने अर्को कम्प्याक्ट एसयूभी सी३ एयरक्रस समेत उत्पादन गर्दै आएको छ । नयाँ एसयुभी भारतमा लन्च भएपछि नेपाल समेत आउनेछ ।

  :