७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जापनिज टायर ‘योकोहामा’ नेपाली बजारमा



काठमाडौं – योकोहामा रबर कम्पनीद्वारा उत्पादित जापनिज टायर ‘योकोहामा’ नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको छ ।

योकोहामाको नेपालका लागि आधिकारिक वितरकको रुपमा अटो पार्ट्स इन्टरनेसनल घोषणा भएको छ । काठमाडौंमा एक डिलर मिटको आयोजना गर्दै सो घोषणा गरिएको हो । दक्षिण एसियामा कम्पनीले रणनीतिक रुपमा बजार विस्तार गर्ने क्रममा नेपालमा नयाँ वितरक नियुक्त गरेको बताइएको छ ।

सो अवसरमा नेपाली बजारलाई लक्ष्यित गरी त्यसै अनुसार उपयुक्त हुने नयाँ टायर प्रविधिलाई योकोहामाले सोकेश गरेको थियो । सो अवसरमा विश्वव्यापी रुपमै विभिन्न सडकको अवस्था अनुसार सुपेरियर ड्राइभिङ एक्सपेरियन्स र सेफ्टी फिचरका लागि परिचित एड्भान, ब्लुअर्थ, एस–ड्राइभ र जियोल्यान्डर जस्ता हाई–परफर्मेन्स टायर लाइन लगायतका उत्पादनलाई विशेष जोड दिइएको थियो ।

विश्व स्तरमा योकोहामा रबरले नयाँ प्रविधिको प्रयोग गर्दै टायर विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । विभिन्न कम्पनीहरुले आफ्ना सवारी साधन उत्पादनको क्रममा फ्याक्ट्रीमै योकोहामा टायर प्रयोग गर्ने क्रम बढ्दो छ ।

पेट्रोलियम सवारी साधन देखि हाइब्रिड गाडी र ईभी तथा सबै सेगमेन्ट अर्थात सेडान, एसयूभी, स्पोर्ट्स कार र कम्प्याक्ट कार मोडलमा योकोहामा टायर प्रयोग हुन्छ ।

सन् १९१७ मा स्थापना भएको योकोहामा रबर कम्पनी उत्कृष्ट टायर डिजाइन र टेक्नोलोजीको विकासमा अग्रणी मानिन्छ । योकोहामा आईएसओ ९००१ प्रमाणपत्र पाउने पहिलो जापनिज टायर निर्माता कम्पनी पनि हो ।

  :